‘गणपति’को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ, १२ ।

चलचित्र ‘गणपति’को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटलमार्फत गीत दर्शकमाझ ल्याइएको हो । केही दिनअघि सार्वजनिक चलचित्रको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको प्रतिक्षामा पर्न गएको हो । बाबुल गिरीको स्वर र संगीत अनि शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा अहिलेसम्म करिब सवा एक लाख टिकटक बनीसकेका छन ।

दर्शकले पूरा गीतको माग गरेकाले लिरिकल रुपमा ‘उनभित्र गुण’ सार्वजनीक गरिएको जानकारी निर्देशक सविन अधिकारीले दिनुभयो । स्वदेशसहित बिश्व बजारमा एकसाथ भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुनुहुन्छ । सेभेन सिज इन्टरटेन्मेन्टले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा बितरण गर्न लागेको चलचित्र मिडिल इस्ट, न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ ।

निर्देशक सबिनकै लेखन रहेको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित चलचित्र सम्पादक बनिष शाह हुनुहुन्छ । शंकर अधिकारी घायल, देबेन्द्र बब्बु, बाबुल गिरी, अनिश अधिकारी र सबिन अधिकारीको शब्द अनि बाबुल गिरी र बिशाल निरौलाको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, बिपीन मल्लको सम्पादन र हरि घले लामाको छायांकन छ ।

यसमा तपाइको मत

अन्य समाचार