भारतले रच्यो इतिहासः चन्द्रयान-३ चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण

काठमाडौं,
भदौ ६ ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान-३ अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचेको छ । आज भारतको चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको हो ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

चन्द्रयान-३ सफलतापूर्वक अवतरण भए पश्चात भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो देश बनेको छ ।

योसँगै चन्द्रयान-३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

यसैबीच ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकामा रहनुभएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गर्नुभएको छ ।

सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गर्नुएको हो ।

यसमा तपाइको मत

अन्य समाचार