अञ्जु र विनाको स्वरमा ‘तीजको लहर’ (भिडियोसहित)

काठमाडौं,
भदौ १ ।

अञ्जु श्रेष्ठ र विना भट्टराईको स्वरमा रहेको तीज गीत ‘तीजको लहर’ सार्वजनिक भएको छ । विनाकै शब्द मीन गुरुङको सङ्गीत, सुदीप सागरको एरेञ्ज र श्यामश्वेत रसाइलको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला हुनुभएको छ भने स्वयं अञ्जु श्रेष्ठ र विना भट्टराईले नै कम्मर मर्काउनु भएको छ ।

ज्ञानेन्द्र शर्माको निर्देशक तथा छायांकन रहेको भिडियोमा सन्तोष राजवहाकको नृत्य निर्देशन रहेको छ भने यसलाई विवेक उप्रेतीले सम्पादन गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार