कीर्तिपुर
साउन ३० ।
ललेन्द्र शाक्यको निर्देशनमा कीर्तिपुरको आराध्य देव बाघभैरब को महिमा दर्शाउने ‘जय जय बाघभैरब’ भजन सार्वजनिक भएो छ । सोमबार कीर्तिपुर सिनेप्लेक्समा एक कार्यक्रमबीच सार्वजनिक गरिएको भजनमा बाघभैरब महिमा गानका साथै बाघभैरब उत्पत्ति बारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तिलाई पनि बाल कलाकारहरूको माध्यमबाट प्रस्तुत गरिएको छ ।
बाघभैरब भजन मण्डलका सदस्यहरूको स्वरबद्द रहेको भजनलाई सङ्गीतकार हरिशरण सायमीले संयोजनगरी गीत तयार पारिएको हो भने भिडियोको निर्माण पनि सायमिको संयोजनमा सम्पन्न भएको हो । भिडियोमा राजेश शाक्यको छायाँकन तथा सम्पादन छ ।
भिडियोको लोकार्पण समारोह जनकवि दुर्गालाल श्रेष्ठ प्रमूख आतिथ्यता र हरिशरण सायमिको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथी श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलनगरी समारोहको उदघाटन गरिएको थियो । समारोहमा कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरे र बाघभैरब भजन मण्डलका गुरु जोगमान महर्जन लगायतको बिशेष आतिथ्यता थियो ।






