काठमाडौं,
साउन १७ ।
नेपाली कांग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केही जिल्लामा केन्द्रीय सदस्यहरू र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन ।
प्रतिनिधिहरू पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक पार्टी सङ्गठन सदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरूले पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्ने बताइएको छ ।






