‘बालापनको तीज’ भन्दै बबिना (भिडियोसहित)

काठमाडौं,
साउन १४ ।

बबिना भट्टराईको स्वरमा रहेको गीत ‘बालापनको तीज’ सार्वजनिक भएको छ । भीष्ममणि पाण्डेको शब्द, बबिनाकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन एवम् कोरियोग्राफी रहेको भिडियोमा सुप्रीमा थापा, भीष्मणि पाण्डे, धन पाण्डेलगायतलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ । यो गीत बालबालिकामा समर्पित रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार