कविता : अपूर्णता

✍️ पुष्प शर्मा
सिङताम, सिक्किम
साउन ६ ।

मनभरि
न शान्तिको सास,
न इच्छा, न आकाङ्क्षा-
अधुरै अधुरो मन
अपुरै अपुरो लाग्छ जीवन।
लाग्छ अचेल-
यदि म वृक्ष भइदिएको भए
धेरैलाई दिनसक्थे शितल,
सक्थे धेरैको बन्न वासस्थान,
धेरै-धेरैको सुस्केरास्थल।
यस्तै(यस्तै मात्र
सार्थक र पूर्ण जीवन रहेछ।

यसमा तपाइको मत

अन्य समाचार