सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल लाई पुत्री लाभ

काठमाडौं,
असार ५ ।

सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई पुत्री लाभ भएको छ । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा उहाँहरूलाई पुत्री लाभ भएको हो ।

सङ्गीतकार पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘इन्टरनेसनल फादर्स डे को दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरें यो अवसरको लागि मेरी प्यारी जीवन सङ्गीनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु, हाम्री प्यारी छोरी (अदिरा) लाई यो संसारमा स्वागत गर्दछौँ साथै डा. चेतना श्रेष्ठ, डा. भोला रिजाल, डा. पदमराज पन्त, डा. कमल थापा डा. निलम सुबेदी, नर्स उषा सिस, नर्स समिलाजि, सविताजि लगायत सम्पूर्ण सहयोगी हातहरू प्रति आभार प्रकट गर्दछौँ ।’ भन्दै छोरीको तस्वीर सार्बजनिक गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार