काठमाडौं,
जेठ २९ ।
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न भएको छ । महोत्सवमा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुसाल उत्कृष्ट अभिनेता घोषित हुनुभयो । दीयाले चलचित्र ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ उत्कृष्ट हुनुभएको हो ।
काभ्रेको भकुण्डेबेंसीमा सम्पन्न महोत्सवमा उत्कृष्ट फिचर फिल्मको अवार्डसमेत ‘झिंगेदाउ’ले जितेको छ । उक्त अवसरमा फिचर फिल्म ‘प्रकाश’ले जुरी अवार्ड तथा चलचित्रका लेखक विकास सुवेदीले उत्कृष्ट पटकथा र निर्देशक दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड चुम्नुभयो ।
चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गर्नुभयो । उक्त अवसरमा उत्कृष्ट फिचर फिल्म छायांकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त ग¥यो । छायांकार चक्रबहादुर महर्जनले उक्त अवार्ड प्राप्त गर्नुभयो ।
उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गर्नुभयो । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्राप्त गर्नुभयो ।
उत्कृष्ट भाषिक फिल्म अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’, उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड अभिनेत्री ‘परिवर्तन’बाट सरिता भारती, उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गर्दा उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरिएको थियो । यस्तै ‘परिवर्तन’बाट प्रवण भुसाल, ‘चरित्र’बाट श्रोता आचार्यले अवार्ड प्राप्त गर्नुभएको थियो ।
आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, निर्देशक लक्ष्मण सुवेदी, अभिनेता उत्तम केसी, निर्माता संघका कोषाध्यक्ष ज्योति राईलगायतले अवार्ड प्रदान गर्नुभएको थियो ।
महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल रहनुभएको थियो ।
महोत्सवमा निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगदसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।






