चितवनका विभिन्न स्थानमा ‘जुनकिरी’को छायांकन

चितवन,
जेठ २६ ।

चलचित्र ‘जुनकिरी’को छायांकन भइरहेको छ । बबि फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘जुनकिरी’को चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको हो ।

चलचित्रको लेखन तथा निर्देशक केदार दवाडी, निर्माता बबि सुब्बा लिम्बू हुनुहुन्छ । नेपाल र युरोपका विभिन्न स्थानमा छायांकन हुने यो चलचित्रको छायाँकार रविन्द्र बराल, नृत्य मोहन श्रेष्ठ, संगीत नरेश तामाङको रहनेछ ।

केवल कुँवर, जयन्ती मोक्तान, बेनिलाल ढुंगाना, केदारनाथ दवाडीलगायतका कलाकारको अभिनय ‘जुनकिरी’मा रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार