काठमाडौं,
जेठ २३ ।
गीतकार मदन माबोको नयाँ गीत ‘जिन्दगीमा फगत रित्तो’ सार्वजनिक भएको छ । बिनुसा राईको स्वर र एकान्त आङदेम्बेले लय र देबेश राईको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकडिङ गरिएको गीतमा योगेन मुकारुङ रेकडिङ र योगेन मुकारुङमो मिक्सिङ एवं मष्टरिङ छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘एकान्त आङदेम्बे अफिसियल’मार्फत् सार्वजनिक गरिएको हो । भिडियो चित्रमिडियाले तयार पारेको हो ।
पाँचथर थर्पुमा जन्मिनुभएका गीतकार मदन माबोको तीन दशक सिंगापुर प्रहरीमा संलग्न भई हाल अवकाश जीवन बिताइ रहनुभएको छ । प्रहरी संगठानभित्रको कार्यव्यस्तताबीच पनि अलि कति छुटिएको समयलाई सदुपयोग गर्दै नेपाली गीतसंगीतमा तीन दशकदेखि निरन्तर लागिरहनु भएको छ । हालसम्म दुईवटा गीती एल्बम एक गीत पुस्तक संग्रह र ६० को हाराहारीमा फुटकर गीतहरू उहाँका रेकड भएका छन् ।






