काठमाडौं,
जेठ २२ ।
लिम्बु संस्कृतिमा निर्माण भएको चलचित्र ‘लुङा’को फस्र्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको यो चलचित्र साउन ५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । राई लिम्बु कल्चरलाई विशेष महत्वका साथ उठाउन खोजिएको निर्देशक किरण राईले बताउनुभयो । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्र लाई स्थान दिइएको छ । बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाइएको छ । यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर गरिनेछ ।
किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल/मनिशा पाठक/मेनुका घिमिरे/कैलाश राई/टि आर साम्सोहाङसह निर्माता रहनुभएको छ । पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शोर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय छ ।
भुमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको यो चलचित्रमा बादल लिम्बू र अनिस श्रेष्ठको सङ्गीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि सङ्गीत शैलेन्द्र बाबु प्रधानको रहेको छ । चलचित्रको निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको छ । भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेख्नुभएको छ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । चलचित्रलाई काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।






