काठमाडौं,
जेठ १८ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो ।
आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि बिहीबार नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गर्नुभएको थियो । बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।






