लखनऊ,
जेठ १५ ।
नेपाली गायक, पत्रकार र कलाकारलाई भारतमा सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा पत्रकार सरोज ओझा, गायक एवम् सङ्गीतकार बिनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोईराला र समाजसेवी सुशिला थापा रहनुभएको छ । उहाँहरूलाई विश्व मानव अधिकार परिषदले उक्त सम्मानबाट विभुषित गरेको हो ।
जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवम् नेपाललगायत बिभिन्न मुलुकका नागरिकहरूलाई सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमा उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवम् ट्रफीबाट सम्मानित गरिएको थियो । जसमा कास्मीरका आईजिपी कार्फ एम एस भाटिया, आईपिएस डिआईजी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरू सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो ।
भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवम् कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतले उक्त अवार्ड प्राप्त गर्नुभएको छ । विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एमआर अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको उपस्थिति थियो ।






