काठमाडौं,
जेठ १४ ।
निशा देशारको स्वर रहेको गीत ‘के दोष’ सार्वजनिक भएको छ । शान्ता अधिकारीको शब्द, लाल श्रेष्ठको सङ्गीत र राजकुमार मालाकार र प्रकाश केसीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतले प्रेम र विहरको गाथाको कथालाई उठाएको छ ।
रमेश बुढाथोकी, मंजिता केसी, सुनिल पुरी, रानु निरौला, रोजी बर्देवाको अभिनय रहेको गीतको भिडियोलाई रमेश कोइरालाले निर्देशन गर्नुभएको हो । प्रेममा धोका खाएकी प्रेमीकाको भित्री पिडालाई निर्देशक कोइरालाले जिवन्त रुपमा उतार्नुभएको छ ।
बुढासुब्बा डिजिटलबाट बजारमा आएको सार्वजनिक गीतको छायांकन जयेन्द्र कुँवरले गर्नुभएको हो भने सम्पादन अच्युत बजगाईंको छ ।






