काठमाडौं,
वैशाख २३ ।
विन्ध्यवासिनी म्युजिक अवार्डको तेह्रौ संस्करण सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा एक विशेष समारोहबीच विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको हो ।
विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्डमा समारोहमा गीत सङ्गीतमा अमूल्य योगदान पुर्याएवापत सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको थियो । त्यसैगरी नगद ५० हजार रुपियाँसहित गायिका सुकमित गुरूङलाई विन्ध्यबासिनी सङ्गीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको थियो ।
समारोहमा लोकगायक पंगेनीले आफूलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गर्नुभएको थियो । मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा सङ्गीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको थियो ।
बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गीति सङ्ग्रह ‘नजर ३’ बिमोचन गरिएको थियो भने नजर २ गिती सङ्ग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गीति सङ्ग्रहबाट सङ्कलित सम्पूर्ण आम्दानी आठ लाख १८ हजार २५० रुपियाँ दुई किस्तागरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिनुभयो । समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले समूहका साथ एवम् लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुतगरी कार्यक्रमलाई मनोरञ्जक बनाउनुभएको थियो ।
अवार्ड विजेताहरु
१. सर्बोत्कृष्ट गीत
छुटेपछि त छुट्यो, दिपीका रिमाल थापा
२. सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत)
रुपक डोटेल, तिमी बिना
३. सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत )
जुनु रीजाल, न दोष तिम्रो न दोष मेरो
४. सर्बोत्कृष्ट संगीत (सुगम संगीत )
ईश्वर अमात्य, अघि बढे भेल बाढी
५. सर्बोत्कृष्ट रचना (सुगम संगीत )
बि पाण्डे, झुम्के बुलाकि
६. सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)
प्रभा बर्तौला, एउटा कथा
७. सर्बोत्कृष्ट पप गायन पुरुष
संजीब सिंह, आधा रातमा
८. सर्बोत्कृष्ट युगल गायन
हिमाल सागर र अनु चौधरी, ए होर माया
९. सर्बोत्कृष्ट एरेन्जर
साहास शाक्य, साथले तिम्रो
१०. सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)
विक्रम परियार, पाखे
११. सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला)
सुनिता बुढा छेत्री, रुदै रुदै नौतुना रेलैमा
१२. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)
स्मृती तिमल्सीना, मकै पिस्ने जाँतो
१३. सर्बोत्कृष्ट लोक दोहोरी भाका
सन्तोष केसी, गुल्मेली हुम कर
१४. सर्बोत्कृष्ट मोडल (लोक दोहोरी)
रुबिना अधिकारी र लोमस शर्मा, बिउरीयो दुई दिने चोला
१५. सर्बोत्कृष्ट मोडल (आधुनिक)
कुमारी बराइली र बिमल अधिकारी, दिलको डायरीमा
१६. सर्बोत्कृष्ट गीत (लोक दोहोरी)
घनश्याम रिजाल, सुन्य भयो डाँडैको चौर
१७. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)
रामजी लामिछाने, एउटा कथा
१८. सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
हाम्रो देशको सिमाना, अर्जुन कौशल
१९. सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर)
प्रबिण भट्ट, पिर
२०. सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)
अजय रेग्मी, सरानकोटको डाँडैमा
२१. बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार
कौशिला खनाल, कमाचार्य
पब्लीक च्वाईस अवार्ड : दिपेन्द्र तिमल्सीना
पपूलर अवार्ड : प्रकाश धमला
जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ
जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी
जूरी अवार्ड अभिनयतर्फः बादल धिमिरे
जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी
जूरी अवार्ड गीततर्फ : कमल सरगम






