काठमाडौं,
वैशाख १४ ।
चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचिलत्र ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको गीतमा ओम सुनार र अन्जु पन्तको स्वर रहेको छ भने शब्द सङ्गीत ओमको नै छ । गीतको भिडियोमा चललिचत्रका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गर्नुभएको छ ।
माया प्रेम र द्वन्द्वमा आधारित चलचित्रमा कशिस र रमेशका अलवा नितल पल, सुरज राना, मेनुका गिरी लगायतका कलाकारको अभिनय छ । चललिचत्रलाई अभिनेता रमेशले नै लेख्नुभएको हो भने खुबबहादुर सुनारले निर्देशन गर्नुभएको छ ।
चलचित्रमा गौतमराज खड्काको सम्पादन, गोपाल परियार र बीर मास्टरको एक्सन र अर्नुनकुमार सुनारको डिओपी रहेको छ । चलचित्रका अर्जुन पोखेरको सङ्गीत, डा. कृष्णहरि बरालको शब्द रचनासमेत रहेको छ । चलचित्रमा रमेश अब्जु, मिलनकुमार भारी, अजय अब्जुको लगानी रहेको छ ।






