✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
वैशाख १३ ।
राजनीति हो, कति खेर कुन पार्टी ठूलो हुन्छ र कति खेर कुन । पुराना पार्टी भनेर मात्र हुँदैन । विचार, नीति , शिद्धान्त ठिक भए पनि ब्यवहारमा लागु गर्न सकेनन् भने त्यसको कुनै अर्थ हुँदैन । उपनिर्वाचनको मत परिणामले जुन किसिमको सन्देश दिन खोजेको छ त्यो सहि हो । अब पुराना पार्टी भन्दैमा जनताले जोगाउने पक्षमा छैनन् । पुराना पार्टीहरूलाई जनताले पटक पटक सुध्रने मौका नदिएका होइनन् । तर, कुनै पनि दलहरूले चासै दिन खोजेनन् । रवि लामिछाने र स्वर्णिम वाग्लेले सानदार रुपमा अत्याधिक मतले जितेका छन् र अर्को २०८४ सालको चुनावका लागि राम्रो सन्देश दिएका छन् । अब पुराना ठूला दलहरू सच्चिने की सक्किने भन्ने बिषयमा गम्भिर प्रश्न उठने गरेका छन् । अब पनि ठूला दल सच्चिने बाटो तत्काल खोजेनन् भने उनीहरू माथि समस्या तेर्सिने छ । आज नेपाली जनता ठूला दलप्रति वाक्क दिक्क परिरहेका छन् ।
पटक-पटक सरकारमा गएर पनि मुलुक बनाउने मार्ग चित्र कोर्न सकेनन् । यो नै ठूलो समस्या हो । अब जनताले युवाको नेतृत्व र परिवर्तन खोजिरहेका छन् । अब नेपाली जनता धेरै बुझने भएका छन् । भ्रमको राजनीतिमा जनता अब अल्झिदैनन् । यो कुरा ठूला दलहरूले बुझेपनि हुन्छ । सत्तारुढ दल पुरै गठबन्धनका पार्टीहरू लागेपनि चितवनमा रवि र तनहुँमा स्वर्णिम वाग्लेलाई हराउन सकेनन् । आज देशभरी रास्वपाको चर्चा चलिरहेको छ । युवाहरूले देशमा बिकास, समवृद्धि र रोजगार खोजेका छन् । तर, पुराना र ठूला पार्टीहरूवाट सम्भव नदेखेपछि शान्तिपूर्ण बिद्रोह गरिरहेका छन् । जनतामा असन्तुष्टि चुलिदै गयो भने मतदानवाट यस्तै परिणाम दिन्छन । ठूला दलहरूले आगामी दिनमा आफना कार्यकर्ताहरूको भोटसमेत जोगाउन नसक्ने अबस्था बन्न सक्ने छ । जनताले आश गरेका दलहरूवाट पनि मुलुकको प्रगति हुन सकेन ।
मुलुकको प्रगति नभएपछि जनताले बिकल्प रोज्छन । आज भएको त्यही हो । देशमा बिकृति , बिसङ्गति, भष्टाचार मौलाउँदै गएको जनताले नजिक बाट हेरिरहेका छन् । ठूला दलहरूले यी कुरामा ध्यान नदिएपछि जनता असन्तुष्टि हुनु स्वभाविक हो । अझै केही बिग्रेको छैन, कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, मधेस केन्द्रित दललगायत सबै अब सुध्रनुपर्छ । जनताको पक्षमा काम गरेर देखाउनुपर्छ । देशमा बिकास र समृद्धि ल्याउने कुरामा दलहरू गम्भिर बनेर अघि बढनुपर्छ । ठूला दलहरूले बिगतमा गरेका गल्तिबाट पाठ सिकेर अघि बढने कोशिस गर्नुपर्छ । आफना आसेपासे र नाता गोतालाई मात्र पोस्ने काम दलहरूले जुन गल्ति गदै आएका छन् यसमा गम्भिरता देखाउनुपर्ने देखिएको छ । समय छदै सच्चिने काम भयो भने पार्टी जोगाउन त्यति समस्या नहुन सक्छ । लोकतन्त्रवादी शक्तिहरूका बीच सहकार्य गरेर जानुपर्ने अबस्था पनि आउन सक्छ । समय, परिस्थिती अनुसार दलहरू चल्न सकेनन् भने कुनै काम छैन । ती दलहरू खिइदै जाने हुन । अब जनताले आश्वासन अनुसारको परिणाम खोजिरहेका छन् । त्यो पार्टीहरूले पुरा गर्न सकेनन् भने आफैँ सकिदै जाने हो । अरु कुनै बिकल्प छैन ।






