तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित

तनहुँ,
वैशाख १२ ।

प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार ९१९ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो ।तेस्रो स्थानमा रहनुभएका नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो ।

०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित हुनुभएको थियो । उहाँ फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार