काठमाडौं,
वैशाख २ ।
लोकदोहोरी सङ्गीतमा चिरपरिचित खड्क गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने ठाडो भाकाको गीत ल्याउनुभएको छ । गर्बुजा र तारा श्रीष मगरको स्वर रहेको लोकदोहोरी ‘लाहुरे’ गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक भएको गीतको भिडियोमा राहुल केसी र केकी अधिकारीको अभिनय छ।
‘म पनि सानैमा लाहुरे हुन निस्किएको थिएँ। जिन्दगीको लय मिलाउन वा भनौं केही थान सपनाहरू किन्न हानिएको थिएँ भारततिर। त्यसै फर्किएँ। अहिले युवाहरू खाडी मुलुकतिर लाहुरे हुन जानु परेको छ’, लाहुरे ठाडी भाका गीतलाई सम्झिँदै गर्बुजाले भन्नुभयो ।
‘लाहुरे’ ठाडो भाकालाई बीबी अनुरागीले एरेन्ज गर्नुभएको हो । गीतको भिडियोलाई राजु केसीले निर्देशन गर्नुभएको छ ।






