‘नम्बरी सुन’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं,
वैशाख १ ।

राजु गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा दुई मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फिचर्ड हुनुहुन्छ । चलचित्र सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । चलचित्र आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ । चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गर्नुभएको हो ।

राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको यो चलचित्रका गीतमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत छ । चलचित्रमा रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ ।

बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन रहेको चलचित्रमा मुख्य सहायक निर्देशकमा जीवन गौतम हुनुहुन्छ । काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले यो चलचित्रलाई वितरण गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार