काठमाडौं,
चैत २ ।
रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द रचना र एसडी योगीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय रहेको छ । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नवीन निरौलाको कलर तथा सम्पादन र प्रमोदकुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।






