सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं,
माघ २९ ।

सरकारले ‘जनयुद्ध दिवस’का दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषदको बैठकले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

वि.सं. २०५२ फागुन १ गतेबाट शुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि टुंगिएको थियो । माओवादीले जनयुद्धकै जगमा गणतन्त्र, संघीयता, समावेशिता लगायतका उपलब्धि सम्भव भएको दाबी गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार