नेपाल राष्ट्र बैङ्कका संस्थापक गभर्नर हिमालयन शमशेर राणाको निधन

काठमाडौं,
माघ २२ ।

नेपाल राष्ट्र बैङ्कको संस्थापक गभर्नर हिमालयन शमशेर राणाको ९५ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा आइतबार बिहान उहाँको निधन भएको हो ।

राणा अर्थमन्त्रालयको समेत पहिलो अर्थसचिव हुनुहुन्थयो । २००८ सालमा ल्याएको बजेट लेखनमा उहाँले काम गर्नुभएको थियो । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि राणा पहिलो गभर्नर बन्नुभएको थियो । राणाले सयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकायमा पनि काम गर्नुभएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् ।

यसमा तपाइको मत

अन्य समाचार