काठमाडौं,
माघ २२ ।
साहित्यकार शैलेन्द्र अधिकारीको कथासङ्ग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ । शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उहाँको कथासङ्ग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको हो ।
पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए । पुस्तक सार्वजनिकपश्चात् पुस्तकको अन्तर्क्रिया पनि भएको थियो । जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गर्नुभएको थियो ।
अन्तर्क्रियामा बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको जिकिर गर्नुभयो । नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उहाँको दाबी थियो ।
ुम कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्, अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु ।’
यसअघी साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भएका छन् ।
पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य ४५० राखिएको छ ।






