काठमाडौं,
माघ ५ ।
सत्ता साझेदार दलका साझा उम्मेदवार देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतदानमा नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका घिमिरे विजयी हुनुभएको हो । घिमिरेलाई सत्ता साझेदार दलको समर्थन थियो।
यस्तै कांग्रेसबाट उम्मेदवार बन्नुभएकी न्यौपानेलाई कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित रहेकोमा घिमिरेको पक्षमा १६७ मत खस्यो । उहाँका प्रतिस्पर्धी न्यौपानेको पक्षमा १०० मत खस्यो । मत दिन्न भन्ने पक्षमा एक मत खसको थियो ।






