काठमाडौं,
माघ १ ।
काठमाडौंबाट पोखराकाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु रहेको बताइएको छ ।
विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । सशस्त्र प्रहरीको ५२ जनाको टोली घट्नास्थलमा पुग्दैछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।






