यस्तो आयो ‘हृयारी कि प्यारी’ को ट्रेलर

काठमाडौं,
पुस २५ ।

चलचित्र हृयारी कि प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । डा. भोला रिजालका छोरा डा.कपिल रिजाल निर्देशित पहिलो चलचित्र ‘हृयारी कि प्यारी’को ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञी आरएल शाहसँग भेटपश्चात् आउने असोचनीय उतार–चढावलाई प्रस्तुत गरिएको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय छ । चलचित्रको प्रस्तुतकर्ता निर्देशक रिजाल स्वयं हुनुहुन्छ । उहाँ पेशाले दन्त चिकित्सक हुनुहुन्छ । चलचित्रको ‘धरहरा हल्लियो’ गीतमा अभिनेत्री रेखा थापाले नृत्य गर्नुभएको छ ।

चलचित्रमा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरिराज घिमिरे, डा.रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेख्नुभएको हो भने सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो । आगामी माघ २० गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्र पारिवारिक कथावस्तुमा निर्माण भएको निर्देशक रिजालको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार