बृद्धाश्रमलाई राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सहयोग

काठमाडौं,
पुस २३ ।

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बलसहित खाद्यान्न, फलफूल र नगदसमेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो ।

कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय स्रष्टा तथा प्रस्तोताहरू आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेको थियो । कलाकारहरूले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरूले नाचगान गर्दै रमाइलो गरेका थिए ।

कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध सङ्गीतकर्मीको हक–हितका लागि संस्था स्थापना भएपनि सामाजिक कार्यमासमेत सक्रिय रहने उद्देश्य अनुसार आफूहरूले पहिलो काम नै बृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महाचिव दीपक शर्माको भनाइ छ ।

नौ वर्ष अघि स्थापना भएको बृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन् । आमाहरूका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले जनाउनुभयो । १३ वर्षकै उमेरमा आमा गुमाउनुभएका धनराजले आमा गणेश कुमारीको सम्झनामा यो बृद्धाश्रम सञ्चालन गगर्नुभएको हो । धनराजले आश्रमलाई सहयोग गरेकोमा प्रतिष्ठान प्रति आभारसमेत ब्यक्त गर्नुभएको छ । कलाकारहरू आएर नाचगानसहित आमाबुबालाई मनोरञ्जनसमेत प्रदान गरेको भन्दै उहाँले बुद्ध बुबाआमाको ओठमा खुशी ल्याउने यस्तो कार्यले आफूलाई थप उर्जा मिलेको बताउनुभयो ।

सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका अध्यक्ष बजगाई, महासचिव शर्मा, सचिव सुजाता केसी, कोषध्यक्ष नारायण थापासहित सदस्यहरू रिता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुबेदी, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, भद्र ओली, शिलन लम्साल, पुस्कर सुनुवारलगायतका कलाकर्मी उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार