काठमाडौं,
पुस २० ।
श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा देशभर विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेको छ । यसै सिलशिलामा श्री संजय साई सेवा अर्गनाइजेसन काठमाडौं केन्द्रीय कार्यालयले शीत लहर र जाडो मौसमलाई मध्यनजर गर्दै विशेषगरी तराई क्षेत्रका चितवन, भैरहवा, रुपन्देही, सुनसरी, कटाहारी, बिराटनगर, पर्साका साथै पाल्पा, मकवानपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक जिल्ला लगायत बिभिन्न वृद्ध आश्रम, बाल आश्रम, मठ मन्दिर सडक र पाटीमा बसेर चिसोमा रात काट्न बाध्य गरिव अशहाय र बिपन्न बर्गका परिवारहरूलाई लक्षित गरेर प्रति परिवार एक थानका दरले तीन हजार थान भन्दा बढी न्यानो कम्बल वितरण गरेको छ ।

श्री संजय साइ बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस २ गते देखि नै हरेक दिन बृहत ३५ दिने परोपकारी मानविय सेवामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

श्री संजय साइ बाबाको ३५ औ जन्मोत्सव माघ ६ गते शुक्रबार काठमाडौंको सानो गौचरन खेलकुद मैदानमा एक विशेष समारोहको आयोजनागरी मनाइँदै छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशिष्ट ब्यतित्वहरूको उपस्तिथिती रहने संस्थाका अध्यक्ष अम्बिर के.सी.ले जानकारी गराउनुभयो।







