आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,
पुस १७ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार हाल तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ ।

आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको महाशाखाले जनाएको छ ।

वर्षा, हिमपात र शीतलहरका कारण तापक्रम घट्दै जाँदा चिसो बढेको छ । शीतलहरका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार