काठमाडौं,
पुस ११ ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५ औं बार्षिकोत्सब मानव सेवा आश्रम कौसलटारमा मनाएको छ । फेसियल हाउसले आइतबार मानव सेवा आश्रम कौसलटारमा मनाएको हो । आश्रममा आश्रित ४३ जना बृद बृदाहरूलाई भोजन गराएर तथा अन्य खाद्यान्न सामग्री सहयोग गरिएको थियो । फेसियल हाउस एण्ड ब्यूटी केयरले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
फेसियल हाउसकी अध्यक्ष बरिष्ठ सौन्दर्यवीद रश्मिला श्रेष्ठका बुवा स्व. तिलकबहादुर श्रेष्ठ २५ दिन अगाडी मात्र स्वर्गारोहण भएको कारणले गर्दा १५ औं बार्षिकोत्सवलाई बृदाश्रममा रहेका आमा बुवाहरू माझ भोजनको साथ खाध्य सामग्री सहयोग गर्दै मनाइएको फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठले जानकारी गराउनुभयो । ‘हामीले ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरूको सेवा सुबिधालाई ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पूर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरूको बिश्वाश माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै पन्ध्रौ बर्षसम्म निरन्तर हामीले सेवा दिन पाइरहेका छौ’, श्रेष्ठले भन्नुभयो ।
वार्षिकोत्सवका अवसरमा फेसियल हाउसका उपलब्ध सेवामा स्पेसल डिस्काउण्ट अफरसमेत रहेको अध्यक्ष रश्मिला श्रेष्ठ जानकारी दिनुभयो । तस्वीर : बद्री थापा ।






