सञ्जय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सेवामूलक अभियान

काठमाडौं,
पुस १० ।

श्री सञ्जय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सेवामूलक अभियान सञ्चालन गरिएको छ । उहाँको शुभजन्मोत्सवमा श्री सञ्जय साई सेवा अर्गनाइजेसनले विविध सामाजिक सेवामूलक ३५ दिने अभियान सञ्चालकन गरिरहेको हो ।

यो अभियान सुरु भएको १० औं दिनसम्म आइपुग्दा विभिन्न क्षेत्रमा सामाजिक सेवामूलक कार्यहरू सम्पन्न भएका छन् । यसमा कागेस्वरी मनहरा वार्ड नं. ८ गोठाटार मा सडकमा अलपत्र छोडिएका असहाय करिव १०० गाई बस्तुलाई एक मिनिटाटा परालको भुस्सा, १०० किलो दाना, १०० किलो पिठो फलफुल खुवाइएको छ ।

यस्तै, हात्ती गौडामा करिव १०० वटा कुकुरलाई विभिन्न प्रकार का खाना रासन सामाग्री उपलब्ध गराइएको छ । त्यसैगरी माउन्ट सेभ बोर्डिङ स्कुल कोटेश्वरको नरेफाट मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशेषज्ञ डाक्टरहरू द्वारा करिव ३४५ जना स्थानियबासी दिन दुःखी र असहायलाई निःशुल्क रुपमा विस्तृत उपचार, स्वास्थ परीक्षण तथा औषधी बितरण गरिएको छ ।

त्यस्तै, हनुमान ढोका, पाटन, बुढानिलकण्ठलगायत बिभिन्न मन्दिरमा पन्छि परेवाहरूलाई दाना पानी मकै, गहु, चामल, आहारा दिएर सेवा गरिएको छ ।

यस्तै, सिद्दी बाल गृह खरीपाटी भक्तपुरमा करिव ५९ जना अनाथ बालबालिकालाई एक महिनाको लागि पुग्ने खाध्यान्न राशन सामाग्री उपलब्ध गराइएको छ । त्यस्तै, बृद्ध बृद्धाहरूलाई खाध्यान्न भाडाकुडा लता कपडा उपलब्ध गराइएको छ ।

यसैगरी विगतमा पनि बाबाकै जन्म दिनको अवसर पारेर दृष्टिविहिन, अपाङ्ग, वहिरा र असहाय करिव १५९ जना बालबालिकालाई जाडोमा लाउने न्यानो पोलर जाकेट बितरण गरेर सेवा गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार