देश बनाउनेजिम्मा युवापुस्तालाई कहिले ?

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
पुस ८ ।

लामो समयदेखि युवापुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने बहस चल्दै आएको छ । तर पनि युवापुस्तामा सत्ता हस्तान्तरण हुने कुनै संकेत देखिदैन । नेपाली कांग्रसको संसदीय दलको नेतामा युवा पुस्ताका नेता गगन थापा पराजित भए । अब उनको प्रधानमन्त्री हुने बाटो रोकिएको छ । नेपाली कांग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन पाइदैन । हाम्रो देशमा अझै पनि पुराना वा बूढा पुस्ता राजनीतिमा हाबी भएका छन् । उनीहरूलाई पाखा लगाउन अझै सकिएको छैन । युवा पुस्ता यो देशका कर्णधार हुन । यो देशको नेतृत्व अब युवाको हातमा जानु पर्छ भन्ने हाम्रो मान्नेता हो । बूढा पुस्ताको सत्ता चलाइले देश बन्न सक्दैन । यो कुरा हामी लामो समयदेखि भोग्दै पनि आएका छौ । अब बूढा पुस्ताले जनताका समस्या समाधान गर्न सक्दैनन् । यो एक्काइसौँ शताब्दीको युग हो ।

जनता नयाँ परिवर्तनको खोजिमा छन् । अब जनतालाई छल्ने र ढाँटने जमाना गए । लामो समयदेखि बूढा पुस्ताले शासन चलाए तर देश र जनताको भाग्य र भबिश्य चम्किन सकेन । अब देश बनाउने हो भने युवा पुस्तामा सत्ता हस्तान्तरण हुनुपर्छ । जुन सुकै दलबाट सत्ताको नेतृत्व गर्दा युवा पुस्ता नै प्राथमिकतामा पर्नुपर्ने आबश्यकता समयको माग भएको छ । अझै पनि नेपाली जनतालाई निराश बनाउने काम राम्रो हुँदै होइन । अब एक पटक जनताले युवा पुस्ताले सरकार चलाएको हेर्न चाहेका छन् । युवा पुस्तामा देश बनाउने जोस र जाँगर हुन्छ ।

बूढा पुस्ताको नेतृत्वले देशमा केही गर्न सकेन । अब आश गर्ने कुनै ठाउँ छैन । देशमा उद्योगधन्दा बन्द छन् । युवाहरूले स्वदेशमै रोजगार पाउन सकेका छैनन् । युवालाई रोजगारी दिलाउन बूढा पुस्ताको नेतृत्वले सकेन । बूढा पुस्ताका नेतृत्वहरूले युवालाई स्वदेशमै रोकेर उन्नतिको बाटोमा साथ दिने, काँधमा काँध हाल्ने जिम्मेवारी बहन गर्नै सकेनन् । त्यसैले अबका दिनमा सत्ताको नेतृत्व बूढा पुस्ताका हातबाट खोसेर युवा पुस्ताको हातमा सुम्पनुपर्छ । बूढो पुस्ताले आजका युवा पुस्तालाई सही बाटो निर्देश गरेर हिँडाउन सकेको भए आज नेपालको अवस्था यस्तै दयनीय अवश्य बन्ने थिएन । हामी सधैँ मागिखाने मात्रै भएर बाँच्न सक्दैनौँ ।

अब हामीलाई मागिखाँदा आफैँभित्रदेखि लाज हुनुपर्ने थियो । तर, अहिलेसम्म शायद कसैलाई पनि लाज भएको छैन । पुरानो पुस्ता असफल भइसकेको छ । यस्तो अवस्थामा युवा पुस्तालाई खुशीसाथ सत्ता हस्तान्तरण गर्नुपर्छ । अब पनि हामी गम्भिर भएनौं भने कहिले हुने ? जनताको आबश्यकता पूरा गर्न युवा पुस्ता अघि सर्नुपर्छ । अब युवाहरू काँधमा काँध मिलाएर देश बनाउने बाटोमा हिड्नुपर्छ । हामी धेरै पछाडी परिरहेका छौं । यसरी हाम्रो भबिश्य बन्दैन । अब सबैले सोच्नुपर्ने भएको छ । अब यो देश बनाउनेजिम्मा युवा शक्तिलाई दिनुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार