आजको मौसम : देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,
पुस ३ ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेकाले देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ ।

यस्तै, राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आंकलन गरिएको छ ।
पहाडी भू-भाग हिमपातको तथा तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।

यसमा तपाइको मत

अन्य समाचार