काठमाडौं,
पुस ३ ।
चलचित्र ‘धुन’ युट्युबमा सार्वजनिक गरिएको छ । कृष्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । सांगीतिक प्रेम कथामा निर्माण गरिएको चलचित्र ‘धुन’मा जीवन लुइँटेल, नीता ढुंगाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवीलगायतको अभिनय छ ।
चलचित्रमा संगीत लक्की सिटौलाको छ भने विनोद भट्टको छायांकन छ । मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुशील शाह, श्रेया दुलाल, विनोद भट्ट र मधुसूदन ढकालको संयुक्त लगानी छ । चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






