‘चना पकौडी’लाई स्रोता/दर्शकको साथ (भिडियोसहित)

काठमाडौं,
मंसिर २३ ।

गायक/सङ्गीतकार नवराज कलौनी र गायिका पुस्पा बोहराको स्वरमा रहेको गीत ‘चना पकौडी’ले स्रोता/दर्शकको साथ पाएको छ । समाजिक वास्तविकता बोकेको मौलिक देउडा गीत ‘चना पकौडी’ पछिल्लो समय टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियासहित चर्चा कमाउन सफल भएको छ ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा सनम कठायतलाई झरना बोहराका साथ फरक अवतारमा देखाइएको छ ।  भिडियोमा कैलाली क्षेत्रका विभिन्न रमणीय स्थानहरू समेत हेर्न सकिन्छ ।

गायक स्वयम् कलौनिको उत्कृष्ट शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियोले चौतर्फी बटुलेको चर्चाले गायिका बोहरा आफू निकै खुसी रहेको र श्रोता/दर्शकको अझै माया पाउनेमा ढुक्क रहेको बताउनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार