फोर्ब्समा रक्तदान

चितवन,
मंसिर २० ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुर स्थित फोर्ब्स कलेजले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायीत्व भूमिका निर्वाह गर्दै कलेजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम फोर्ब्स कलेजको प्राङ्गणमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए ।

निर्वाचनका बेला रक्तदान कार्यक्रम हुन नसकेको र गम्भिर प्रकृतिका बिरामीलाई पनि रगत नपुग्ने स्थिती सिर्जना भएपछि, मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले रक्तदानको कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल हरि शरण पाठकले बताउनुभयो ।

एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई कार्यक्रम संयोजक तथा फोर्ब्स कलेजका सह(प्राचार्य दिवस मैनालीले धन्यवाद दिनुभयो । रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी, प्राध्यापक र अभिभावकको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार