काठमाडौं,
मंसिर २० ।
हेम प्रभासको निर्देशन रहेको गीत ‘नजानी नजानी’को भिडियो सार्वजनिक भएको छ । कवि, गजलकार तथा गीतकार प्रकाश किरणको नयाँ गीत ‘नजानी नजानी’को भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।
गायक प्रवीण बेडवालको स्वर रहेको गीतमा दीप घतानीको सङ्गीत छ । युवा युवतीको प्रेममा आधारित रहेर बनेको गीतको भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय छ ।
राज पोखरेलले छायांकन गरेको भिडियोमा युवापुस्ताको माया र प्रेम समेटिएको गीतले एक युगल जोडिको प्रेम सम्बन्धलाई देखाइएको छ ।






