काठमाडौं,
मंसिर १२ ।
आज (सोमबार) विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हो । मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सीताराम स्वयम्बरको दिनलाई विवाह पञ्चमी पर्वको रुपमा मनाउने गरिन्छ ।
मिथिलाञ्चलमा यो पर्व झण्डै एक साता महोत्सवको रुपमा मनाउने गरिन्छ । जनकनन्दनी सीताको विवाह भएको दिनको सम्झनामा मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।
यो पर्वमा भारतको अयोध्याबाट ठूलो सङ्ख्यामा जन्ती आउने प्रचलनसमेत रहेको छ । यसैबीच, विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।






