चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

काठमाडौं,
मंसिर १ ।

आज (बिहीबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् । बिहीबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेको छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

बिहीबार राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिनुभयो । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनको प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइएमा ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार