निर्वाचनमा तीन दिन विद्यालय र दुई दिन सरकारी बिदा

काठमाडौं,
कात्तिक २९ ।

निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले दुई दिन सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ । मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार