‘विहानी पख चरीले’ लिएर आए मोहित

काठमाडौं,
कात्तिक २० ।

गीतकार मोहित मर्दन थापाको नयाँ गीत ‘विहानी पख चरीले’ सार्वजनिक भएको छ । विश्व नेपालीको स्वर, मनोहर सुनामको सङ्गीत तथा सङ्गीत संयोजन र भोला पौडेलको मिक्सिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको लिरिकल भिडियो भकारी एमडिसीको वेष्टटोन म्युजिक युट्युवमार्फत सार्वजनिक गरिएको हो । यो गीत थापाको ‘मोहित’ एल्वममा समावेस छ ।

अब छिट्टै एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको मोहितले जानकारी गराउनुभयो । थापाको यो पहिलो गीति एल्वम हो । मोहित मर्दन अमर सर्जक स्व. जगतमर्दन थापाका छोरा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार