चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिवर्तन अब अब कात्तिक १८ मा आउने

काठमाडौं,
असोज २८ ।

आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिर्वतन भएको छ । चलचित्रको मिति परिर्वतन गर्दै अब कात्तिक १८ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि पनि यो चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको थियो । सुरुम भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्रको निर्माण टिमले भिएफएक्स, मिक्सिङ लगायतका प्राविधिक काम भारतको मुम्बईमा भइरहेकाले भदौ ३१ गते प्रदर्शन गर्न सम्भव नभएको भन्दै कात्तिक ११ गतेका लागि नयाँ प्रर्दशन मिति तय गरेको थियो ।

तर, कात्तिक ११ मा महजोडीको चलचित्र ‘महापुरुष’ रिलिज हुने भएपछि महलाई सम्मान गर्दै चलचित्रको प्रदर्शन मिति पुनः परिर्वतन गरेको निर्माण टिमले जनाएको छ । अब उक्त चलचित्र एक साता पछाडि धकेलिएको छ ।

चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणालगायतको अभिनय छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहनुभएको छ । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमामा दीपक बज्रचार्यको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार