सिड्नी,
असोज २५ ।
गायक रुपक डोटल यतिबेला देश बाहिरको साङ्गीतिक कार्यक्रममा ब्यस्त हुनुहुन्छ । ईदु कनेक्स कन्सलटेन्सि र माईग्रेशन एण्ड माई केयर नर्सिङ एजेन्सिले हालै अष्ट्रेलियाको सिड्नी स्थित क्लब योर्कमा आयोजित कार्यक्रममा उहाँले ‘बनकी चरी’, ‘सानुमाया’, ‘लभगुरु’लगायत दर्जन लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।
उहाँका गीतमा दर्शकहरू झुमेका थिए । गायक डोटेलले गीत प्रस्तुत गरिरहँदा उहाँले आफुसँगै दर्शकलाई गाउनसमेत उत्साहित गर्नुभएको थियो ।
‘आगे आगे तोपैको गोला’ गीतका गायक प्रदेश लिम्बुले पनि कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरू गाएर भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो । ग्रानभिल कम्युनिटीले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा पनि दुबै गायकको जोडदार प्रस्तुति रहेको थियो ।






