अगम बने उत्कृष्ट वर्ष गीतकार

काठमाडौं,
असोज १३ ।

गीतकार सङ्घ नेपालद्वारा हरेक वर्ष प्रदान गरिदै आएको ‘वर्ष गीत पुरस्कार’ द्वारा यस वर्ष गीतकार अगम ‘विकराल’ राईद्वारा रचित ‘उज्यालो त्यो मुस्कानदेखि’ बोलको गीतलाई संयुक्त रुपमा पुरस्कृत गरिएको छ । गत शनिबार प्रदेश नं. १ स्थित धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित भेडेटारमा एक भव्य समारोहबीच प्रदान गरिएको उक्त पुरस्कार प्रतिनिधिका रुपमा उपस्थित भएका यसै गीतका सङ्गीतकार कवि चन्द्र रानाहँछाले ग्रहण गरेका थिए ।

उक्त पुरस्कृत गीतमा कृष्णभक्त राईले स्वरवद्ध गरेका छन् । वर्षभरी रेकर्ड भएका गीतहरूबाट छानिएका दश उत्कृष्ट गीतमध्ये सर्वोत्कृष्ट हुन सफल यस गीतसँगै गीतकार एसके धिताल पनि पुरस्कृत भएका छन् ।

समारोहमा ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’द्वारा यस वर्ष वरिष्ट गीतकार शिव शंकर थापालाई सम्मान गरियो भने वर्षभरी प्रकाशित गीति सङ्ग्रह मध्ये गीतकारद्वय वीरेन्द्र राई र टिका भट्टराई नेपाललाई पुरस्कृत गरिएको थियो । धनकुटा जिल्लाको साँगुरीगढी पालिका प्रमुखको प्रमुख आतिथ्यतामा नौ वटै वडा अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठलगायत स्थानिय कवि कलाकारहरूको बाक्लो उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार