कोलकताको दशैँ सांस्कृतिक महोत्सवमा शिव कैलाश कला मन्दिरको प्रस्तुति हुँदै

काठमाडौं,
असोज १० ।

भारतको कोलकतामा गोरखनाथ सेवा समिति कोलकताको आयोजनामा यही १३ गते (३० सेप्टेम्बर)मा दशैँ सांस्कृतिक उत्सव हुने भएको छ । यसका लागि शिव कैलाश कला मन्दिरका कलाकार आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा निर्देशक नारायण रिजालको नेतृत्वमा डेढ दर्जन कलाकार त्यसतर्फ प्रस्थान गरेका हुन । उनीहरूले त्यहाँ नेपाली कला संस्कृति सम्बन्धि नृत्य तथा गायन प्रस्तुत गर्ने रिजालले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार