सम्भावना नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

ललितपुर
असोज ८ ।
सम्भावना नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतमा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाको उट्घाटन गर्दै उहाँले संस्थाले छोटो अवधिमै राम्रो प्रगति गरेकोमा बधाई दिनुभयो ।

सो अवसरमा ललितपूर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछों, सशत्र प्रहरीका डिआईजी डा. रुपक महर्जन, ललितपुर महानगरपालिका महिला तथा बालबालिकाका प्रमुख महेश्वरी बिष्ट, क्लासिक डायमण्डका नवीना सिंह महर्जन, ललितपुर महानगर वडा नं. १७ का वडा अध्यक्ष विनोद महर्जन लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन देवी शाक्यले स्वागत मन्तब्य राख्नुभएको थियोे भने संस्थाका कोषाध्यक्ष सुशिला महर्जनले संस्थाको कार्य प्रगतिबारे जानकारी गिराउनुभएको थियो । संस्थाको कार्य समितिमा अध्यक्ष विणा महर्जन, उपाध्यक्ष जीवन देवी शाक्य, सचिव रोजी श्रेष्ठ, कोषाध्यक्ष सुशिला महर्जन, सदस्यहरू अमि महर्जन, अमिता अवाले, सरिता बज्राचार्य हुनुहुन्छ । कार्यक्रमका सभापति तथा अध्यक्ष विणा महर्जनले धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट नै लक्ष्य हासिल हुने भन्दै सबैको हौसलाले थप उर्जा मिलेको बताउनुभयो ।

सम्भावना नेपाल सशक्तिकरणका लागि सृजना भन्ने नाराका साथ अघाडि बढिरहेको गैर नाफामूलक संस्थाले मुलत न्युन गुणस्तरिय जीवन व्यतित गरिरहेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सान्दर्भिक शिक्षा, नवीन स्वास्थ्य सेवा र जीविकोपार्जनका लागि सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेकोछ ।

 

 

यसमा तपाइको मत

अन्य समाचार