पियुस र सुनैनालाई मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि

काठमाडौं
असोज ३ ।

‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को उपाधि पियुस अग्रवाल र सुनैना क्षेत्रीले चुम्न सफल हुनुभएको छ । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शीर्ष उपाधि चुम्न सफल हुनुभएको हो । पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप-शीर्षकसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइससमेत बन्नुभयो ।

प्रतियोगितामा मिस्टरतर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिसतर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पार्नुभयो ।

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिशत छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार एक लाख रुपैयाँ तथा विभिन्न उपहारहरू समेत प्राप्त गरेका छन् ।

त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पच्चिस प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

प्रतियोगीताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार