काठमाडौं,
भदौ २१ ।
प्रकाश तिमिल्सिनाको स्वरमा रहेको गीत ‘कस्तो खेल’ सार्वजनिक भएको छ । दीपक बिडारीको सङ्गीत तथा शब्द र ब्रिजेश श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय छ भने मोहन अधिकारीलाई विशेष भूमिकामा देख्न सकिन्छ । समन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा विक्रम तामाङको प्रोडक्स्न, फराज अर्पणको सम्पादन र छायांकन तथा विशाल थापाको सहायक छायांकन छ ।






